बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

मेलम्चीमा महिलाको शव फेला

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २७, २०७३



  • मेलम्ची । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ ज्यामिरेबाट गत फागुन १९ गतेदेखि सम्पर्कविहीन भएकी ४० वर्षीया गोपिनी नेपालीको शव आज फेला परेको छ ।

    मेलम्ची नपा–१३ स्थित अँधेरी खोलामा स्थानीयवासी घाँस दाउरा गर्न जाँदा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचनाप्राप्त हुनासाथ तत्काल घटनास्थल पुगेका प्रहरी टोली र आफन्तले दुर्गन्धित अवस्थाको उक्त शव गोपिनी नेपालीकै भएको पुष्टि गरेका छन् ।

    इप्रका, मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले शव परीक्षणका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

    यसैबीच आज मेलम्ची नपा–१० छापभञ्ज्याङबाट फट्केश्वरतर्फ आउँदै गरेको बा४ख ६७०६ नंको ट्रक अनियन्त्रित भई सडकबाट २०० मिटर तल खस्दा उदयपुर घर भई काठमाडौँ कपनमा बस्दै आएका ३५ वर्षीय ट्रक चालक राजन बस्नेत गम्भीर घाइते भएका छन् । उनको नेपाल मेडिकल कलेज, जोरपाटीमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij