प्रकाशित मिति : आइतवार, फाल्गुन २९, २०७३
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ तिनडिलेस्थित एक गोठमा आगलागि हुँदा २ वालकको ज्यान गएको छ भने एक वालिका घाईते भएकी छिन ।
मृत्यु हुनेमा अर्घाखाँची सिद्धारा गाविस ६ वस्ने सिता कुमालका १० वर्षिय छोरा सन्दिप र वरमान पुनका ११ वर्षिय छोरा विक्रम रहेका छन् ।
यस्तै १३ वर्षीया वालिका सरस्वती रोका घाइते भएकी छन् । उनको मुख र खुटटा जलेको छ ।
गएराती गोठमा आगो सल्किएको थियो । चारजना सँगै सुतिरहेको वेला आगो लागेपछि एक वालिका भने भागेर जोगिएकी थिइन् । राती गोठमा आगो बालिएको र राम्रोसँग ननिभाएका घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij