बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

सवारी दुर्घटनामा श्रीमान-श्रीमतिको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १, २०७३



  • तिलोत्तमा (रुपन्देही) । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकामा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा दुई जना घाइते भएका छन् । लु ९ प ४४८८ नंको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आइरहेको लु १ ज २२३० माइक्रोबसले सैनामैना– २ झारगैरामा ठक्कर दिँदा स्थानीयवासी ४८ वर्षीय नारायण खनाल र उनकी  ३२ वर्षीया श्रीमती कमलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

    सोही माइक्रोबसले एक साइकललाई समेत ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

    ठक्करबाट साइकलमा सवार स्थानीयवासी नरेश ठाकुर र उनकी छोरी पश्चिमा घाइते भएको प्रहरी कार्यालयले जनाएको छ ।

    पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बाटो मोड्ने क्रममा माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते भएका खनाल दम्पतीको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको जनाइएको छ ।

    ठक्कर दिने माइक्रो बस प्रहरीको नियन्त्रणमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij