बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

भूकम्प प्रतिरोधी भवन बनाउन तालिम

  • प्रकाशित मिति : बुधबार, चैत्र २, २०७३



  • cfkmg} z}nLdf 3/ lgdf{0f em/Lsf] k|jfx gu/L gofF 3/ lgdf{0fdf Jo:t uf]/vfsf] y'dL ufla; cd{nfsf e"sDk k|efljt . ;/sf/n] cg'bfg /sd ljt/0fdf l9nfO u/]kl5 kLl8tn] cfkmg} z}nLn] 3/ agfpg yfn]sf 5g . tl:a/ M k|zGg kf]v/]n, uf]/vf, /f;;

    काठमाडौं । गरिबी निवारण कोषले भूकम्पबाट प्रभावित जिल्ला नुवाकोटमा भूकम्प प्रतिरोधी भवन बनाउन तालिम सञ्चालन गरेको छ ।

    पहिलो चरणमा २५ जना सहभागीलाई दिइएको तालिमको उद्घाटन गर्दै कोषका उपाध्यक्ष डा यमबहादुर थापाले गर्दै नुवाकोटमा कुल ५०० जनालाई यस प्रकारको तालिम दिन लागिएको बताए ।

    कोषले भूकम्प प्रभावित १२ जिल्लामा चार हजार ५०० लाई अबको डेढ महिनाभित्रमा प्रतिरोधात्मक आवास निर्माण प्रविधि तालिम दिन लागेको कोषका कार्यकारी निर्देशक नहकुल केसीले जानकारी दिए ।

    कोषले यो कार्यक्रम कार्यान्वयनका लागि ७० जना इन्जिनियरसहित छुट्टै टिम परिचालन गरेको छ ।

    कोषले धादिङ, दोलखा, गोरखा, नुवाकोट, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, सोलुखुम्बु, सिन्धुली, ओखलढुङ्गा, खोटाङ र लमजुङसहित १२ जिल्लामा भूकम्प प्रभावित समुदायका लागि पुनःनिर्माण तथा पुनःस्थापनाका विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    यस कार्यक्रमअन्तर्गत भत्केका भौतिक संरचनाको पुनःनिर्माण, सामुदायिक संस्था निर्माण तथा भूकम्प प्रभावितको जीविकोपार्जनका लागि आयआर्जन तालिम, भूकम्प प्रतिरोधी संरचना निर्माण तालिम र भूकम्प सचेतनालगायतका कार्यक्रम रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij