बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

चन्दा उठाएर सडक निर्माण

  • प्रकाशित मिति : बुधबार, चैत्र २, २०७३



  • बाजुरा । बडिमालिका नगरपालिका–२ मा शिक्षक, कर्मचारी र स्थानीयवासीबाट चन्दा सङ्कलन गरी सडक निर्माण गरिएको छ । नगरपालिका–२ का स्थानीयवासीले १२ लाख चन्दा सङ्कलन गरी सडक निर्माण गरेका हुन् । बुढालेखदेखि जाल्पादेवी उमाविसम्मको दुई किलोमिटर सडक निर्माण गरिएको स्थानीय नरबहादुर विकले बताए ।

    बडिमालिका नगरपालिका–२ का स्थानीयले मार्तडी थामलेख सडक निर्माण सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापनपत्र बुझाइएको वडा नागरिक मञ्चका अध्यक्ष सरिता दानीको भनाइ छ ।

    साथै जिल्ला प्रशासन कार्यालय बाजुराको मार्तडी थामलेख सडक निर्माण कार्य सञ्चालन गर्नका लागि ज्ञापनपत्र समेत बुझाएका थिए ।

    तत्कालीन जिल्ला विकास समिति बाजुराअन्तर्गत जिल्ला आयोजना(ड्रिलिप) बाजुराले वडा नम्बर २ सडक निर्माण अधुरै छोडेर स्थानीयलाई सडकको पहुँचबाट टाढा राखेको भन्दै सडक निर्माण गर्न निमित्त प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

    जिल्लाका सरोकारवाला निकायले सडक निर्माणका लागि बजेटको व्यवस्था नगरी दिएपछि चन्दा सङ्कलन गरी दुई किलोमिटर सडक निर्माण गरिएको पत्रमा उल्लेख छ ।

    ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले जनसहभागितामा सडक निर्माण भएकामा खुसी व्यक्त गर्दै सडक निर्माण सुचारु गर्न जिल्ला समन्वय समिति र सडक डिभिजन कार्यालयमा पत्र पठाउने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij