बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

छुटेका भूकम्पपीडितलाई सम्बोधन गर्न माग

  • प्रकाशित मिति : बिहिबार, चैत्र ३, २०७३



  • त्रिशूली (नुवाको) । भूकम्पपीडित लाभग्राहीको सूचीमा नपरेका पीडितको गुनासो तत्काल सम्बोधन गर्न तत्कालीन शिवपुरी गाउँपालिका–७ सुनखानीका बासिन्दाले माग गरेका छन् । ‘भूकम्पपछिको पुनर्निर्माणको सवाल’ विषयको सार्वजनिक सुनुवाइमा स्थानीय राजनीतिक दल र गाविसका प्रतिनिधि तथा भूकम्प पीडितले छुटमा परेकाहरुको गुनासो सम्बोधन गर्न माग गरेका हुन् ।
    इन्सेक र रुडेक नेपालको सहकार्यमा भएको कार्यक्रममा गाविसका प्राविधिक सहायक नारायण पाण्डेले ९८ जना छुटको गुनासो दर्ता भएकामा छको मात्र सुनुवाइ भएकाले बाँकीबारे अन्योल कायम रहेको बताए ।
    ‘वास्तविक पीडितहरु छुटेको र उनीहरुको गुनासो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्बोधन भएर नआउँदा समस्या भएको छ’, उजले भने, ‘उनीहरुले पटक पटक हामीलाई सोध्छन् । जवाफ के दिने ? कहिलेसम्म हुने हो, सरकारले निक्र्योल गर्नुपर्यो ।’
    नेकपा (एमाले) का स्थानीय अध्यक्ष कृष्णप्रसाद पाण्डे र नेपाली कांँग्रेसका सभापति माधवप्रसाद भेटवालले सरकारले पठाएका प्राविधिकको कमजोरीको कारण अहिले पनि भूकम्पपीडित पीडित भइरहनुपरेकाले छुटलाई तत्काल लाभग्राहीको सूचीमा समेट्न आग्रह गरे ।
    तत्कालीन सुनखानीमा छ सय ३१ घर लाभग्राहीको सूचीमा परेका थिए । अहिलेसम्म पहिलो किस्ता सूचीमा परेका सबैले प्राप्त गरिसकेका छन् । सुनखानीमा ३५ वटा नयाँ घर निर्माणको चरणमा तथा थप ५० वटाको जग खन्ने काम सम्पन्न भएको प्राधिकरणबाट खटिएका इ रिवज खत्रीेले बताए ।
    उनका अनुसार दक्ष कामदार, निर्माण सामग्री र पीडितसँग घर बनाउनका लािग आवश्यक रकम अभावले नयाँ घर बनाउने कामले तीव्रता लिएको छैन । उनले भूकम्पीय जोखिममुक्त घर बनाउनका लागि स्थानीय सामग्री नै प्रयोग गरी पुरानै शैलीको घरसमेत निर्माण गर्न सकिने भएकाले आफ्नो क्षमतानुसारको घर मापदण्डमा रहेर निर्माण गर्न पनि आग्रह गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij