बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

बागलुङमा मानवसेवा आश्रम बन्दै

  • प्रकाशित मिति : शनिबार, चैत्र ५, २०७३



  • बागलुङ । अशक्त र बेसहारा नागरिकको संरक्षणका लागि यहाँ मानवसेवा आश्रम खुल्ने भएको छ ।

    आश्रम सञ्चालनको लागि बागलुङ नगरपालिका– ३ मा पूर्वाधार तयारीको कामअघि बढेको छ । आउदो वैशाख १ गतेबाट सेवा सुरुवात गर्ने स्थानीय व्यवस्थापक ‘सेभ द् युथ’ बागलुङले जनाएको छ ।

    मनोरोग, अपाङ्गता, गरिबी जस्ता कारणले सहाराविहीन बनेका नागरिकलाई आश्रय दिइने आश्रमका संयोजक मनिष रायमाझीले बताए । “विभिन्न कारणले घरपरिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने आश्रमको उद्देश्य हो’ संयोजक रायमाझीले भने” ।

    उनका अनुसार त्यस्ता नागरिकलाई आश्रममा सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवा उपलब्ध गराइनेछ । समाजका सबै क्षेत्रको सहयोगमा आश्रमको सञ्चालन र व्यवस्थापनलाई अघि बढाइने भएको छ ।

    बीसजना राख्न सकिने क्षमताको आश्रम निर्माणको लागि विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम सुरु भएको संयोजक रायमाझीको भनाइ छ । ‘युके समाज’ बागलुङले रु ५० हजार, स्थानीय लक्ष्मणश्री परियारले रु १५ हजार र कुँडुले सेवा समाज जापानका अध्यक्ष प्रेम आचार्यले रु ११ हजार आश्रमलाई सहयोग प्रदान गरेको जनाइएको छ ।

    यस्तै, बागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय र आश्रमका संयोजक रायमाझीका बुबा महेन्द्रसिंह रायमाझीले आजीवन मासिक रु एक हजार आश्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
    सबैको सानो–ठूलो सहयोग जुटाएर आश्रम सञ्चालन गर्न लागिएको आश्रमका सदस्य सचिव हरि रुचालले बताए ।
    गैरआवसीय नेपाली सङ्घका पूर्व युरोप सह–संयोजक सोम सापकोटाको पहलमा आश्रमको लागि रु तीन लाख सङ्कलन भइसकेको छ ।
    मानवसेवा आश्रमले सफलता पाउँदै गएपछि देशका अन्य जिल्लामा पनि विस्तार गर्ने योजना रहेको आश्रमका अभियन्ताले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij