मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

  • प्रकाशित मिति : आइतवार, असार २९, २०८२



  • निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माको शनिबार निधन भएको छ।

    शर्माकी साथीसमेत रहेकी पत्रकार अमृता लम्सालले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार नर्भिक अस्पतालमा उपचार क्रममा उनको निधन भएको हो। उनी दिउँसो छाती दुख्यो भनेर उपचार गराउन गएकी थिइन्। साँझ उनलाई मृत घोषणा गरिएको थियो। लम्सालका अनुसार ‘कार्डियाक अरेस्ट’ का कारण उनको निधन भएको हो।

    पूर्वपत्रकार समेत रहेकी शर्मा २०६९ देखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा थिइन्।

    ६२ वर्षीया शर्माका दुई छोरी छन्। उनको आइतबार अन्त्येष्टि गरिने पत्रकार लम्सालले जानकारी दिएकी छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij