प्रकाशित मिति : आइतवार, चैत्र ६, २०७३
बेलायतमा ११ वर्षकी एक किशोरी चाँडै नै आमा बन्दैछिन् । उनी बेलायतकी सबैभन्दा कम उमेरमा आमा बन्न लागेकी किशोरीको रुपमा चर्चा कमाइरहेकी छिन् । पुलिसका अनुसार बच्चाका पिता पनि किशोर हुन् र ती किशोरीभन्दा केही वर्षमात्र जेठो छन् ।
आमाको पहिचान गोप्यः
शुक्रबार समाचार पत्र गार्जियनमा प्रकाशित भएको खबर अनुसार कानूनी बाध्यताका कारण गर्भवती किशोरीको पहिचान गोप्य राखिएको छ ।
बेलायतमा सबैभन्दा कम उमेरकी आमाः
एक किशोरीले १२ वर्षको उमेरमा सन् २०१४ मा बच्चालाई जन्म दिएकी थिइन् । जसका कारण बेलायतमा सबैभन्दा कम उमेरमा आमा बन्न लागेकी उनी पहिलो किशोरी हुन् । ती बच्चाको पिताको उमेर १३ वर्ष थियो । आमा–बुवा दुबै बेलायतका हुन् । यी बालिका आफ्नी २८ वर्षीया हजुरआमासँग हुर्किरहेकी छिन् जबकी उनकी आमा भने स्कूलमा पढाई गरिरहेकी छिन् ।
युरोपमा बढिरहेको समस्याः
आँकडाका अनुसार बेलायतमा पछिल्लो एक दशकमा किशोर गर्भाधानको मुद्दामा तेज गिरावट ल्याउन सफल भइरहेको छ । यस्तै, पश्चिमी युरोपमा यो स्थिती अहिले पनि सबैभन्दा धेरै छ । किशोरीहरु गर्भवती हुने विषयमा बेलायत सम्पूर्ण युरोपमा छैटौं स्थानमा छ । यो विषयमा रोमानिया, बुल्गारिया, स्लोभाकिया, हंगेरी र माल्टा बेलायतभन्दा अगाडि छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij