प्रकाशित मिति : सोमवार, चैत्र ७, २०७३
डोल्पा । स्थानीय तहको चुनावका लागि डोल्पाका विभिन्न स्थानमा ६६ वटा मतदान केन्द्र तोकिएको छ । जिल्ला निर्वाचन कार्यालय डोल्पाका अनुसार जिल्लाका ४६ वटा स्थानमा ६६ वटा मतदानकेन्द्र तोकिएको हो ।
जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाका अनुसार मतदान केन्द्र तोक्दा जनसङ्ख्यालाई आधार मान्नुपर्ने भएपनि डोल्पामा भने भुगोललाई आधार बनाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij