शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

टेलिकमले वाइम्याक्समा थप लगानी नगर्ने, एडीएसएल इन्टरनेट प्रभावकारी बनाउने

  • प्रकाशित मिति : मङ्लबार, चैत्र ८, २०७३



  • काठमाडौं । नेपाल टेलिकमले हाल प्रचलनमा रहेको एडीएसएल इन्टरनेट थप सेवालाई प्रभावकारी बनाउने बताएको छ । टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले एडीएसल इन्टरनेटमा अब वाइम्याक्स र सीडीएमएकै जस्तो योजना ल्याउन लागेको जानकारी दिइन् ।

    सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले टेलिकमले पुरानो प्रविधिमा आधारित सेवालाई विस्तारै नयाँमा रूपान्तरण गर्दै जाने योजना बताएको सुनाउँदै भनिन्, ‘ टेलिकमले एडीएसएलको साटो फाइबर टु दि होम सेवालाई विस्तार गर्ने योजना अघि बढाइसकेको छ ।’

    तामाको तारबाट दिइने एडीएसल सेवाको साटो फाइबरबाट दिइने सेवाको गुणस्तर राम्रो हुने भएकाले यो प्रविधि अपनाउन लागेको उनको भनाई छ ।
    यस्तै टेलिकमले ताररहित उच्च गतिको इन्टरनेट सेवा वाइम्याक्समा थप लगानी नगर्ने जनाएको छ ।

    टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्यले अहिलेका चालु योजना मात्र अघि जानकारी दिँदै वाइम्याक्स र सीडीएमए सेवाका लागि लिइएको फ्रिक्वेन्सी अब फोरजी सेवाका लागि प्रयोग गरिने जानकारी दिए ।

    कम्पनीले वाइम्याक्सका लागि थप उपकरण खरिद नगर्ने भए पनि हाल विस्तारका क्रममा रहेको क्षेत्रमा भने योजना जारी रहने टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij