शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

बेसीसहरमा २८ करोडको खानेपानी

  • प्रकाशित मिति : बिहिबार, चैत्र १०, २०७३



  • लमजुङ । सदरमुकाम बेँसीसहरमा पानीको अभाव हुन थालेपछि दीर्घकालीन सोचका साथ २८ करोडको लागतमा सहलगानी खानेपानी योजना सञ्चालन गरिने भएको छ ।

    बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पहलमा सो योजना सञ्चालन गर्न लागिएको हो । समितिले खानेपानी तथा सरसफाइ मन्त्रालय र ढल निकास विभागको सहकार्यमा सहलगानी खानेपानी योजना सुरु गर्न लागेको जनाएको छ ।

    उक्त योजना सम्पन्न गर्नको लागि उपभोक्ताले श्रमदानसहित ३० प्रतिशत लगानी गर्ने समितिका अध्यक्ष कृष्णलाल प्रधानले बताए । खानेपानी योजनाको लागि प्राविधिक तयारी गरी मुहानको लागि जग्गा खरिद गरिसकिएको अध्यक्ष प्रधानले बताए ।

    खानेपानी योजना निर्माणको लागि नेपाल सरकारको सहलगानी सिद्धान्तअनुसार ३० प्रतिशत अनिवार्य लगानीमा १० प्रतिशत रकम नगद नै नेपाल सरकारको खातामा जम्मा गर्नुपर्ने हुन्छ ।

    हाल बेँसीसहरमा विभिन्न आठवटा मूलबाट खानेपानी ल्याई वितरण गरिएको छ । सबै मूलको पानी जम्मा गर्दा प्रतिसेकेन्ड २८ लिटर पानी आउने गरेको छ । बेँसीसहरमा दैनिक २० लाख लिटर पानी आवश्यक पर्ने भन्दै आइरहेको पानी पर्याप्त नभएकाले विकल्प सोच्न बाध्य भएको प्रधानको भनाइ छ ।

    पछिल्लो समय पानीको अभाव हुन थालेपछि बेँसीसहरका उपभोक्ता वरपरका मूल तथा कुवाबाट खानेपानी ल्याउन बाध्य छन् । बजारमा पानीको माग बढेको तर मुहान तथा पानीका स्रोत सुक्दै गएकाले अहिले मागअनुसार पानी वितरण गर्न नसकिएको अध्यक्ष प्रधानले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij