मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

डण्डिफोर हटाउन पुगेका व्यक्तिको चिकित्सकको लापर्बाहीले मृत्यु

  • प्रकाशित मिति : बुधबार, चैत्र ९, २०७३



  • लहान । चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आज सिरहाको बन्दीपुरस्थित एक स्वास्थ्य क्लिनिकमा तोडफोड गरेका छन् ।

    अनुहारको डन्डीफोर हटाउने भन्दै मङ्गलवार स्थानीय राइन मेडिकेयर सेन्टरमा भर्ना भएकी सिरहास्थित कर्जनहा गाउँपालिका–२ बन्दीपुरकी २५ वर्षीया रेखादेवी मुखियाको गएराति मृत्यु भएपछि आक्रोशित आफन्त तथा स्थानीयवासीले मेडिकेयर सेन्टरमा तोडफोड गरेका हुन् ।

    घटनालगत्तै प्रहरीले राईन मेडिकेयर सेन्टरका सञ्चालक ताहिर राइनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक यम अधिकारीले जानकारी दिए ।

    तोडफोड गरिएको राईन मेडिकेयर सेन्टर जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता नगराई अवैधरुपमा सञ्चालन गर्दै आएको स्थानीयवासीको आरोप छ ।

    अनुहारको डण्डीफोर हटाउन भर्ना भएकी रेखाको अनुहारको राईन मेडिकेयर सेन्टरका सञ्चालकले शल्यक्रिया गरेको मृतककी सासु मसिहादेवी मुखियाले बताईन् ।

    शल्यक्रियापश्चात अत्यधिक रक्तश्राव नरोकिएपछि बेहोस भएकी रेखालाई कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लैजाँदै गर्दा बोटोमै उनको मृत्यु भएको परिवारले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij