बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

स्थानीयवासी गिद्ध संरक्षणमा जुटे

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ११, २०७३



  • पाल्पा । प्रकृतिको कुचिकारका रुपमा चिनिने लोपोन्मुख अवस्थामा रहेको गिद्ध संरक्षणमा स्थानीयवासी जुटेका छन् ।

    रामपुर नगरपालिका–८ खैरेनी सामुदायिक वनमा वर्षौंदेखि वासस्थान बनाएर बसोबास गर्ने गिद्धको सङ्ख्या घट्दै गएपछि यहाँका स्थानीयवासी संरक्षणका लागि अग्रसर भएका हुन् । कालीगण्डकीको तटमा अवस्थित करिब १८ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वन क्षेत्रमा गिद्धको वासस्थान रहेको छ ।

    वनभित्र रहेका सिमलका रुखमा गिद्धले गुँड बनाएर बस्दै आएका छन् । सो वन समूहका अध्यक्ष कृष्णप्रसाद अर्याल सिमलका रुख फँडानीमा वन समूहले प्रतिबन्ध लगाएर गिद्ध संरक्षण अभियानमा जुटेका बताउँछन् ।

    “पहिला यहाँ चारसयदेखि पाँचसयको हाराहारीमा गिद्ध रहेका थिए, अहिले सङ्ख्या ह्वात्तै घटेर एकसय हाराहारीमा पुगेको छ,” उनले भने । स्थानीय बासिन्दा र वन समूहका उपभोक्ता मिलेर सिमलका रुख संरक्षण गर्न थालेपछि गिद्धको सङ्ख्या विस्तारै बढ्दै गएको अर्यालले बताए ।

    स्थानीयवासीले जङ्गल फँडानी गरेपछि गिद्धको वासस्थान नै खलबलिँदा यसको सङ्ख्यामा कमी आएको हो । सो वनमा करिब एकसय ५० को हाराहारीमा साना ठूला सिमलका रुखमा गिद्धले गुँड बनाएर बसेका छन् ।

    खैरेनी सामुदायिक वनले गिद्ध संरक्षणका लागि सिमलका रुख संरक्षण गर्नुका साथै गिद्धको आहारा व्यवस्थापनका लागि मरेका पशु परीक्षण गरेर मात्र सो वनमा फ्याँक्ने गरेका स्थानीयवासी एकराज अर्याल बताउँछन् । हिजोआज लोपोन्मुख अवस्थामा रहेका गिद्ध अवलोकनका निम्ति यस क्षेत्रमा विभिन्नस्थानबाट आन्तरिक पर्यटक दिनहुँ आउने गरेका उनले बताए ।
    नेपालमा पाइने नौ प्रजातिका मध्ये पाल्पामा चार प्रजातिका गिद्ध पाइने गर्छ । जिल्ला वन अधिकृत दधीलाल कँडेलका अनुसार यहाँ सुनगिद्ध, डँगर, हिमाली र सानो खैरो प्रजातिका गिद्धको बसोबास रहेको छ ।

    मदनपोखराको अँधेरी छरछरे सामुदायिक वन र रामपुर नगरपालिकाको खैरेनी सामुदायिक वन क्षेत्रलाई गिद्ध संरक्षणको क्षेत्र घोषणा गरिएको छ । विसं २०६६ देखि जिल्ला पशुसेवा कार्यालयले डाइक्लोफेनिक नामक औषधि प्रयोगमा प्रतिबन्ध लगाएको छ । सो औषधि पशुमा प्रयोग भएपछि मरेका पशु गिद्धले आहारा सेवन गर्दा गिद्ध मर्न थालेपछि उक्त औषधिमा प्रतिबन्ध लगाएको वरिष्ठ पशु विकास अधिकृत डा चन्द्रबहादुर रानाले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij