मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट ताराखेतमा सडकबत्ती

  • प्रकाशित मिति : आइतवार, पुस २०, २०८२



  • म्याग्दी। मङ्गला गाउँपालिका–२ ताराखेतका बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडकबत्ती जडान गरेका छन् । ताराखेतमा पर्ने बेनी–दरवाङ सडक, पदमार्ग र मङ्गला गाउँपालिका–३ सातबिसेको सिमकुना जोड्ने झोलुङ्गे पुलमा शनिबारदेखि सडकबत्ती बालेर रातको समयमा उज्यालो बनाउन थालेका हुन् ।

    तिहारमा देउसीभैलो खेलेर जुटाएको रु ३५ हजारसहित रु ७० हजारको लागतमा १५ वटा सडकबत्ती जडान गरेर ताराखेतलाई झिलीमिली बनाएको स्थानीय युवा अर्जुन पौडेलले बताए ।

    “देउसीभैलो खेलेर जुटाएको रकम बचाएर सामाजिक काममा लगाएका हौँ”, उनले भने, “स्थानीय अगुवा र अभिभावकहरूले पनि साथ दिएपछि ताराखेतलाई सुरक्षित बनाउनका लागि सडकबत्ती बाल्ने हाम्रो योजना सफल भएको हो ।”

    सडकबत्तीका कारण रातको समयमा उज्यालो भएपछि दुर्घटना, चोरी, चितुवालगायत बन्यजन्तुको गतिविधि नियन्त्रणमा सहयोग पुग्नुका साथै स्थानीयवासीलाई हिँडडुल गर्न सहज भएको छ । सुरक्षित महसुस गर्न थालेका छन् ।

    सडकबत्ती उपभोक्ता समितिका अध्यक्ष गोकर्ण पौडेलले उपभोक्ताबाट थप रु ३५ हजार जुटाएर योजना सम्पन्न गरिएको जानकारी दिँदै मासिक रूपमा रकम सङ्कलन गरेर सडकबत्तीको महसुल तिर्ने बताए। सडकबत्तीको ताराखेतका बासिन्दा ९६ वर्षीया सन्तकुमारी भट्टचनले शनिबार उद्घाटन गरे। स्थानीय विनोद भट्टचनले ताराखेतका युवायुवती र बालबालिकाले सानो तर रचनात्मक तथा सन्देशमूलक काम गरेका बताए ।

    अर्को चरणमा फोहर व्यवस्थापन र सरसफाइका लागि ताराखेतको सार्वजनिक स्थानमा फोहर सङ्कलन गर्ने तथा सिसीटिभी क्यामेरा जडान गर्ने योजना रहेको स्थानीय छमलाल पौडेलले बताए । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकमा पर्ने ताराखेतमा १७ घरपरिवारको बसोबास छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Tudi drobna količina limonine lupinice lahko spremeni okus jedi, če jo uporabimo premišljeno. Pri zdravih receptih zato štejejo majhne podrobnosti, ki jih je vredno podrobneje raziskati. prav drobna napaka naredi jogurt kefir Se sprašujete, kako pripraviti okusen in zdrav obrok brez zapletenih postopkov? Poskusite s preprostimi recepti iz svežih sestavin.