प्रकाशित मिति : शनिबार, चैत्र १२, २०७३
काठमाडौँ। काठमाडौँस्थित गोँगबुचोक (नयाँ बसपार्क) मा अवस्थित गेस्टहाउसमा आगलागी भएको छ । आज अपरान्ह विद्युत् प्रवाह चुहावट हुँदा आगलागी भएको घरधनी उत्तमकुमार श्रेष्ठले जानकारी दिए ।
घरमा आगलागी हुँदा पहिलो तल्लामा रहेको ‘श्रेष्ठ पुस्तक पसल’ र ‘सप ट्राभल्स’मा करिब ३० लाख बराबरको क्षति भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक सुवास खड्काले जानकारी दिए ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीले दमकलको प्रयोगबाट समयमै आगो नियन्त्रणमा लिइएकाले दोस्रो तल्लाभन्दा माथि फैलिन नपाइएको जनाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij