बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

अज्ञात समूहद्वारा विद्यालयमा आगजनी

  • प्रकाशित मिति : बुधबार, चैत्र १६, २०७३



  • बैतडीको पुरचौडी नगरपालिका वडा नं १० विजयपुरस्थित रौलेश्वर माविमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार राति गरिएको आगजनीबाट विद्यालयको पाँचकोठे भवनका चारवटा कोठा जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।

    आगजनीबाट विद्यालयको कार्यालयका सबै कागजात पनि जलेर नष्ट भएका छन् । आगजनी गरेको ठाउँमा गुड भिजन पार्टी, भारत नामको पर्चा छरिएको प्रहरी नायब उपरीक्षक शर्माले बताए।

    गुड भिजन पार्टी, भारत नामको पर्चामा विद्यालयका प्रधानाध्यापक पद्मबहादुर बिष्टले विद्यालयमा अनियमितता गरेको, अरू शिक्षकलाई अन्य कार्यमा लगाएको, विद्यालयको पढाईमा ध्यान नदिएकोलगायतका आरोप लगाएको प्रहरीले बताएको छ ।

    घटनाका बिषयमा अनुसन्धान सुरु भएको र उक्त घटनामा संलग्नको खोजी कार्य सुरु भएकोसमेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विद्यालय भवनमा आगजनी हुँदा विद्यार्थीलाई भने पठनपाठनको समस्या भएको छ ।

    यसबारे बुझ्न पुरघाट प्रहरी चौकीबाट घटनास्थलतर्फ प्रहरी गएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij