प्रकाशित मिति : बुधबार, चैत्र १६, २०७३
महोत्तरी । महोत्तरीमा ११ हजार भोल्टको तारबाट करेन्ट लाग्दा दुई वालिका गम्भिर घाईते भएकी छन् ।
मटिहानी गाउपालिका ३(साविक धिरापुर ४) का दाजुभाई मदन राय र भुवनेश्वर रायकी छोरीहरु १२ वर्षिया छोरी मुस्कान र १४ वर्षिया छोरी निशा राय घाईते भएका हुन् ।
उनीहरुको उपचार अञ्चल अस्पताल जनकपुरमा सम्भव नभएपछि धरान लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए ।
दुवै बालिकाको उपचार धरानमा भईरहेपनि मुस्कानको अवस्था गम्भिर रहेको चिकित्सकलाई उधृत गर्दैै बालिकाका अभिभावकले बताएका छन् ।
गाउँको सडकमा निर्माणाधिन पुलमा रहेको एघार हजार भोल्टको तारमा अड्याएर राखेको बासमा छुदा करेन्ट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
निर्माणाधीन पुल र बिद्युतको हाईभोल्टेज तारको उचाई ६ फिटमात्र भएकोले दुर्घटना भएको स्थानीय बताउँछन् ।
यता विद्युत प्राधिकरण जलेश्वर वितरण केन्द्रका प्रमुख ईन्जिनियर सुर्य नारायण मण्डलले पुल बनाउन लाग्दा सरोकारवालाले प्राधिकरणलाई जानकारी नगराएको बताए ।
उनले कुनै पनि स्थानमा सडक वा पुलको उचाई बढाउँदा विद्युत प्राधिकरणले तत्काल तारको उचाई बढाउन लगाउने गरेपनि धिरापुरमा पुल निर्माण भईरहेको भन्ने आफुलाई थाहा नभएको बताए । घाईते बालिकाद्वयका अभिभावकले सरोकारवालाले तत्काल घटनाको जिम्मा लिदै बालिकाहरुको उपचार र क्षतिपुर्ति व्यहोर्नु पर्ने बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij