शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ जना पक्राउ

  • प्रकाशित मिति : बुधबार, बैशाख २३, २०८३



  • काठमाडौँ । भैरहवास्थित रोयल कालिंगा क्यासिनोबाट म्यानेजरसहित १९ नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको गौतमबुद्ध इन्टरनेसनल होटलमा सञ्चालित क्यासिनोमा कानूनविपरीत बरामद गरी जुवा खेलाउने सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरिएको हो ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–१० स्थित रहेको क्यासिनोमा चेकजाँच गर्दा जुवा खेल्ने र खेलाउने कार्यमा संग्लन १९ जनालाई नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।

    मंगलबार राति क्यासिनोमा जुवा खेलाउने कार्यमा ४ जना र खेल्ने १५ जनालाई नियन्त्रणमा लिइएको उनीहरूको साथबाट ९५ हजार ५ सय नेपाली रुपैयाँ, मोबाइल १७ थान, क्यासिनो क्वाइन २ सय थान बरामद भएको उनले बताए ।

    पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ पर्नेमा रुपन्देही जिल्लाका १५ जना, काठमाडौँ, ललितपुर, गुल्मी, पर्साका एक–एक जना रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा
    चोरीको मोटरसाइकल र बन्दुक सहित दुई जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij