शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

स्याङ्जामा मोटरसाइकलमा लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने युवक प्रहरीकाे नियन्त्रणमा

  • प्रकाशित मिति : बुधबार, बैशाख २३, २०८३



  • काठमाडाैं । स्याङ्जामा मोटरसाइकलमा लिफ्ट दिने बहानामा एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–९ का २० वर्षीय दिवस सुनार रहेको जनाएकाे हाे । पुतलीबजार नगरपालिका–१ मालेबगरस्थित सार्वजनिक सडकखण्डमा युवकले महिलालाई लिफ्ट दिएका थिए ।

    पीडित महिलाले दिएको जाहेरी अनुसार मंगलबार मोटरसाइकलमा लिफ्ट दिएका सुनारले फोन नम्बर मागेका थिए । नम्बर दिन अस्वीकार गरेपछि ती युवकले अश्लील हर्क गरेको उजुरीमा उल्लेख छ । घटनापछि खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा सुनारलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेका युवकविरुद्ध आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । यसैबीच, प्रहरीले अपरिचित व्यक्तिले मोटरसाइकलमा लिफ्ट प्रस्ताव गरेमा विशेष गरी महिलाहरू सतर्क रहन आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा
    चोरीको मोटरसाइकल र बन्दुक सहित दुई जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij