शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

दाङमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने १८ वटा सवारीलाई कारवाही

  • प्रकाशित मिति : बुधबार, बैशाख २३, २०८३



  • दाङ ।  दाङ जिल्लामा अवैध रूपमा नदीजन्य पदार्थ (ढुंगा, बालुवा, गिट्टी) ओसारपसार गर्ने सवारी साधनहरू विरुद्ध प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले मिति २०८३ साल वैशाख १५ गतेदेखि २१ गतेसम्म जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा कारबाही गरेको हो । उक्त अवधिमा अवैध कार्यमा संलग्न २ वटा जेसीबी, ६ वटा ट्रिपर र १० वटा ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको थियो । कारबाही प्रक्रियाअन्तर्गत जम्मा ४ लाख ५२ हजार चार सय एक रुपैयाँ जरिवाना असुल गरिएको छ । जरिवाना तिरेपछि सम्बन्धित सवारी साधनहरू सम्बन्धित व्यक्तिहरूकै जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ । साथै, यस्ता अवैध गतिविधिहरू नियन्त्रण गर्न आगामी दिनमा समेत कडाइका साथ अनुगमन जारी रहने जनाइएको छ ।।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा
    चोरीको मोटरसाइकल र बन्दुक सहित दुई जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij