प्रकाशित मिति : बिहिबार, चैत्र १७, २०७३
ललितपुर । नेपाली रेमिटान्स बजारमा ‘रेमिट टु नेपाल प्रा.लि.’ नामको अर्को एक कम्पनी थपिएको छ । ललितपुरको पूल्चोकमा मूख्य कार्यलय रहेको उक्त कम्पनीले सेवाग्राहीहरुलाई सहज, सुरक्षित र सहुलियत सेवा प्रदान गर्ने दावी गरेको छ । कम्पनीमा वित्तिय तथा रेमिटान्स क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरुले व्यवस्थापनको जिम्मेवारी लिएका छन् । जसको व्यवस्थापकीय नेतृत्व बैंक तथा वित्तीय क्षेत्रको विशिष्ट तहमा काम गरिसकेका श्रीचन्द्व भट्टले लिएका छन् ।
स्थापनासँगै रेमिट टु नेपाल ले आन्तरिक तथा बाह्य विप्रेषण रकम सरल तवरले भुक्तानीका लागी, कमर्सियल बैंक, विकास बैंक , फाईनान्स कम्पनी, सहकारीका संस्थासाथै अन्य प्राईभेट एजेन्टहरुसँग विप्रेषण भुक्तानी गर्ने संझौता गरिसकेको छ । यसैक्रममा सेन्चुरी कमर्सियल बैंक, मेगा बैंक नेपाल लि., बैंक अफ काठमाडौं, प्राइम कमर्सियल बैंक लि., माछापुछ्रे बैंकसँग संम्झौता भैसकेको जनाइएको छ ।
‘कम्पनीले दैनिक २ अर्बको हाराहारीमा भित्रिने रेमिटान्सलाई सदुपयोग गर्न विशेष जनचेतना कार्यक्रम समेत संञ्चालन गरेको जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij