बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

डोल्पालीको मोटर चढ्ने सपना चाँडै पूरा हुने

  • प्रकाशित मिति : शुक्रबार, चैत्र १८, २०७३



  • डोल्पा । डोल्पा सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक सञ्जालको पहँुच पु¥याउन नेपाली सेना सडक निर्माण कार्यमा अहोरात्र खटिएको छ । जाजरकोट—डोल्पा सडकखण्डको जम्मा ११७.७ किमी सडकमध्ये एकसय आठ किमी सडक निर्माण कार्य सम्पन्न भइसकेको र नौ किमी सडक मात्र बाँकी रहेको र अबको एक वर्षभित्रै सदरमुकाम दुनै जोड्ने लक्ष्य रहेको सेनाले जनाएको छ ।

    अहिले त्रिवेणी—करोपगाड सडकखण्डको निर्माण कार्य तीव्र पारिएको जाजरकोट—डोल्पा सडक निर्माणका कार्यदल प्रमुख विश्वबन्धु पहाडीले जानकारी दिए । यस सडकखण्डको निर्माण कार्य छिटो र गुणस्तरीय बनाउन दुईवटा डोजर लगाई काम सञ्चालन गरिएको छ ।

    सडक निर्माण कार्यदल प्रमुख पहाडीका अनुसार जिल्लाको त्रिवेणी, खदाङ, चुँगाडलगायत स्थानमा निर्माण आधार खडा गरेर सेनाले कामलाई थप सशक्त बनाइरहेको छ ।

    अबको एक वर्षभित्रै सदरमुकाम दुनै जोड्ने लक्ष्यका साथ सेनाले निर्माण कार्यलाई तीव्र पारेको छ । आउँदो बैशाखभित्र नै करोपगाडसम्म सडक निर्माणको काम पूरा गरेर यातायात सञ्चालनमा ल्याउने सेनाको दाबी छ । करोपगाड—खदाङ सडकखण्डको निर्माण कार्य पनि तीव्र पारिएको छ ।

    त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतको खदाङसम्म आउँदो दसैँअगाडि नै सडक जोडेर यातायात सञ्चालनमा ल्याउने सेनाको लक्ष्य छ । खदाङसम्म मात्रै भएपनि सडक जोडिएपछि डोल्पालीलाई ठूलो राहत हुने खदाङका स्थानीयवासी मोतीप्रसाद उपाध्यायले बताए ।

    सेनाले यही गतिमा काम गर्ने हो भने अबको एक वर्षभित्रै सदरमुकाम दुनैसम्म सडक जोड्न सफल हुने उपाध्यायले विश्वास व्यक्त गरे । सडक यातायातको अभावमा सङ्घर्षपूर्ण जीवन व्यतित गर्दै आएका डोल्पाली जनताको मोटर चढ्ने सपना छिट्टै पूरा हुने भन्दै सर्वसाधारणमा खुसियाली छाएको छ ।

    गत साउनमा रुकुम—डोल्पाको सीमावर्ती क्षेत्र त्रिवेणीबजारसम्म यातायात सञ्चालनमा ल्याइएपछि डोल्पालीलाई दैनिक उपभोग्य सामग्रीको ढुवानीदेखि लिएर विभिन्न कामकाजका लागि जिल्लाबाहिर जानलाई समेत सहज भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij