मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सल्यानमा एन्टी रेबिज खोपको अभाव

  • प्रकाशित मिति : शुक्रबार, चैत्र १८, २०७३



  • सल्यान । सल्यानमा विगत लामो समयदेखि एन्टी रेबिज खोपको अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन् । स्वास्थ्य संस्थालाई सरकारले निःशुल्क रुपमा वितरण गर्दै आइरहेको एन्टी रेबिज भ्याक्सिन विगत डेढ महिनादेखि अभाव भएपछि कुकुरले टोकेका बिरामी निजी क्लिनिकमा चर्को मूल्य तिरेर खोप लगाउन बाध्य भएका हुन् ।

    जिल्ला अस्पताल सल्यान र उपस्वास्थ्य चौकी थारमारेबाट रेबिज रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको भएपनि गत फागुन पहिलो हप्तादेखि नै उक्त खोपको अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालय सल्यानले जानकारी दिएको छ ।

    सल्यानमा मात्र नभई देशभर खोपको अभाव भएको जिल्ला जनस्वास्थ्य प्रमुख डा मनिषा रावलले जानकारी दिए । प्रतिमहिना एकसयदेखि दुईसय खपत हुँदै आएकोमा फागुनदेखि खोपको अभाव हुँदा बिरामी रित्तो हात फर्किन बाध्य भएको रावलको भनाइ छ ।

    क्षेत्र तथा केन्द्रमा पटक पटक माग गरिएको समेत उनले बताए । अबको एक–दुई हप्ताभित्रमा खोप आउने सम्भावना रहेको पनि डा रावलले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij