मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

स्वास्थ्यमा क्षेत्रिय निर्देशनालयको सिफारिस विभागबाट बदर

  • प्रकाशित मिति : शुक्रबार, चैत्र १८, २०७३



  • रौतहट । मध्य क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाले कृते मुद्दाका अभियुक्त एकजना हेल्थ असिस्टेन्टको सरुवाको सिफारिस स्वास्थ बिभागले बदर गरेपछि रौतहटमा खैलाबैला मच्चिएको छ ।

    किर्ते हस्ताक्षर र छाप प्रयोग गरि ३१ जनाको सरुवा काण्डमा संलग्न हेल्थ असिस्टेन्ट बिजय कुमार यदवको सरुवाको सिफारिस स्वास्थ्य बिभागले बदर गरेपछि स्वस्थ्य नियमावलीको खिल्ली उडाउने काम सुरु भएको भन्दै खैलाबैला मच्चिएको हो । यादव निलम्बनमा परेपनि प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा गत आठ गतेदेखि हाजिर गरिरहेका छन् ।

    गत कार्तिक महिनामा किर्ते छाप र हस्ताक्षर प्रयोग गरि ३१ जना स्वास्थकर्मिको सरुवा गरेको खुलेपछी तत्कालीन प्रमुख रमेश बिक्रम सिहंले अभियुक्त यादवलाई गत पुस १८ गते दुई महिनाको लागि निलम्बन गरेका थिए ।

    निलम्बनपछि हेअ यादवको रसुवामा सरुवाका लागि सिंहले सिफारिस गरेका थिए । कृते मुद्दा प्रहरीबाट जिल्ला अदालत मकवानपुरमा गएपछि बिजय यादव ५० हजार रुपैयाँ धरौटीमा हाजिर भएका थिए । त्यसलगत्तै अभियुक्त यादव राजनीतिक दवाबमा स्वास्थ्य बिभागबाट सरुवा बदर गराउन सफल भएका थिए ।

    किर्ते मुद्दा हालसम्म टुंगो नलगेकाले दुई महिनाका लागि निलम्बित यादवको गत १३ गते पुनः दुई महिनाका लागि निलम्बन म्याद थपिएको बर्तमान क्षेत्रीय निर्देशक बाशुदेव पान्डेले जानकारी दिए ।

    उता निर्देशक पान्डेले निलम्बित हेअ यादवसहित उनलाई हाजिर गराउने केन्द्रका प्रमुख डाक्टर मुरली मनोहर साह समेतलाई बिभागीय कारबाही हुने बताएका छन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij