बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

मध्यरातमा बस र ट्रक ठोकिंदा पाँच जनाको मृत्यु, अन्य पाँच घाईते

  • प्रकाशित मिति : शनिबार, चैत्र १९, २०७३



  • नवलपरासी । बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकास्थित ४० किलो जंगलमा शुक्रबार राती दुई वटा सबारी साधन एकआपसमा ठोकिंदा पांच जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा पाँच जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय कावासोतीका अनुसार शुक्रबार राती एक बजे दाङबाट काठमाडौं तर्फ आउंदै गरेको ना ४ ख ४९९५ नंम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको भारतीय नम्बरकोे ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो ।

    दुर्घटनामा परी मृत्युहुनेमा दाङ्ग सिरीगाउँका वलिराम चौधरी, सोही ठाउँका विरबल चौधरी, सुर्खेत जुमखोलाका हरि रामजाली मगर रहेका छन् । उनीहरु सबै बसमा सवार थिए ।

    त्यसैगरी ट्रकमा सवार भारत उत्तरप्रदेश बराहीच जिल्ला दरगा गाउँ बस्ने ३० वर्षिय बिएच खानको मृत्यु भएको छ ।

    बसमा सवार अन्य एक जनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घाईतेहरुको बुटवलमा उपचार भईरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij