बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

कागबेनीमा घुम्ती शिविर : सर्वसाधारण खुसी

  • प्रकाशित मिति : आइतवार, चैत्र २०, २०७३



  • मुस्ताङ । बाह्र गाउँ मुक्ति क्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।

    जिल्ला प्रशासन कार्यालयको आयोजनामा विभिन्न सरकारी कार्यालयको सहभागितामा सम्पन्न शिविरबाट त्यस क्षेत्रका ५५९ जनाले सेवा लिएका छन् । घुम्ती शिविरमा जिल्ला प्रशासन कार्यालय, नापी, कृषि पशु सेवा कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, सिँचाइ विकास सवडिभिजन, महिला तथा बालबालिका, जिल्ला स्वास्थ्य, जिल्ला शिक्षा कार्यालयलगायतले आफ्नो सेवा प्रवाह गरेका थिए ।

    शिविरमा १५ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र जारी गरिएको प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले जानकारी दिए । जिल्ला कृषि विकास कार्यालयबाट ११० जना किसानलाई बीउ र विषादी, पशुसेवा कार्यालयले ११४ जना किसानलाई २०४ वटा गाई, दुई हजार ५५६ बाख्रा र ३६ वटा गाईलाई पुग्ने औषधि वितरण गरिएको थियो ।

    त्यस्तै नापी कार्यालयबाट १० जना, त्यस्तै महिला तथा बालबालिका कार्यालयले ३७ जना पुरुष र ३७ जना महिलालाई ज्येष्ठ नागरिक परिचयपत्र, जिल्ला स्वास्थ्य कार्यालयले २३९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

    हरेक वर्ष विभिन्न स्थानमा घुम्ती शिविर सञ्चालन गर्ने प्रशासनले यस वर्ष कागबेनीलाई रोजेको प्रजिअ पोखरेलले बताए । “नागरिकतादेखि अधिकांश सरकारी सेवा गाउँमै पाएपछि सर्वसाधारण खुसी र उत्साहित भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij