बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

सामुदायिक वनद्वारा सीमा सडक निर्माण

  • प्रकाशित मिति : सोमवार, चैत्र २१, २०७३



  • बैतडी । बैतडीको दुर्गम शिवनाथ गाउँपालिका शर्मालीमा रहेको अमरगढी सामुदायिक उपभोक्ता वनले आफ्नै लगानी सीमा नाका जोड्ने २६ किलोमिटर सडक निर्माण गरेको छ ।

    एक करोड पाँच लाखमा सम्पन्न भएको उक्त सडकमा साविकको शर्माली गाविसवाट २५ लाखबाहेक अरु सबै रकम सामुदायिक बनको लगानीमा निर्माण भएको अमरगढी सामुदायिक उपभोक्ता वनका सदस्य कर्णसिंह साउदले जानकारी दिए । सडक निर्माणका लागि टेन्डर आह्वान गरी ठेक्का दिइएको हो ।

    शिवनाथ गाउँपालिकाको सुल्लेखानदेखि नेपाल भारत सीमा जोड्ने नागार्जुन घाटसम्मको उक्त २६ किलोमिटर सडक निर्माण गरिएको हो । अमरगढी सामुदायिक उपभोक्ता वनले हिमाल रोजिन कम्पनीसँग सल्लाको खोटो सङ्कलन गर्न दिने गरी सम्झौता भएको उनले बताए ।

    सुल्लेखानदेखि बस्कोटीसम्मको ११ किलोमिटर सडक गत वर्ष निर्माण गरिएको हो भने बस्कोटीदेखि नागार्जुन घाटसम्मको १५ किलोमिटर सडक यो वर्ष निर्माण सम्पन्न भएको हो ।

    हिमाल रोजिन कम्पनीलाई अझै पनि रु ४० लाख तिर्न बाँकी रहेको समेत साउदले जानकारी दिए । हाल उक्त सडक निर्माण भएपछि त्यो क्षेत्रका नागरिकलाई सजिलो भएको शिवनाथ–१ की कमला चाँडले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij