सोमवार, अशोज २६, २०८३ | Monday 12th October 2026

सिरहा भन्सार कार्यालय: राजस्व संकलनमा उल्लेख्य वृद्धि

  • प्रकाशित मिति : बुधबार, भदौ १०, २०८३



  • सिरहा भन्सार कार्यालयले पछिल्ला तीन आर्थिक वर्षमा राजस्व संकलनमा उल्लेख्य प्रगति गरेको छ ।

    कार्यालयका सूचना अधिकारी विमलकुमार श्रेष्ठका अनुसार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा  रु. १८ करोड छ लाख ३४ हजार राजस्व असुलीको लक्ष्य राखेकामा रु १४ करोड ९४ लाख ४६ हजार राजस्व संकलन गरेको छ । यो निर्धारित लक्ष्यको ८३ प्रतिशत हो ।

    त्यसैगरी, अघिल्लो आव २०८१/८२ मा रु. १२ करोड १२ लाख ९२ हजार राजस्व असुलीको लक्ष्य लिएको सो कार्यालयले लक्ष्यको १२२ प्रतिशत अर्थात् रु. १४ करोड ८३ लाख ६१ हजार राजस्व संकलन गरेको थियो । त्यसअघि आव २०८०/८१ मा सो कार्यालय लक्ष्यको ७९ प्रतिशत राजस्व संकलन गरेको थियो । आव २०८/०८१ मा रु. ११ करोड ९९ लाख ५६ हजार राजस्व संकलनको लक्ष्य लिएकामा रु. नौ करोड ४६ लाख आठ हजार संकलन भएको थियो ।

    यसरी पछिल्लो तीन आवको तथ्यांकले सिरहा भन्सार कार्यालय माडरमा राजस्व संकलनको अवस्था समग्रमा सुधारोन्मुख रहेको देखाएको छ । विशेषगरी आव २०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व संकलन हुनु कार्यालयको राजस्व परिचालनका दृष्टिले महत्त्वपूर्ण उपलब्धि मानिएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।

    कार्यालयमा दरबन्दीअनुसारको जनशक्ति नभए पनि भन्सार छली तथा चोरी पैठारी नियन्त्रण, नियमित बजार अनुगमन, माल वस्तुको यथार्थ मूल्यांकन तथा सेवाग्राहीमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाएका कारण राजस्व संकलनमा वृद्धि भएको कार्यालय प्रमुख प्रमोदकुमार दासले बताए ।

    लामो समयदेखि भन्सार नाकामा क्वारेन्टाइन कार्यालय स्थापना हुन नसक्दा खाद्यान्न तथा कृषि सामानको जाँचपासमा समस्या भइरहेको प्रमुख दासको भनाइ छ । उनका अनुसार नाकामा क्वारेन्टाइन कार्यालय स्थापनाका लागि लामो समयदेखि पहल गर्दै आए पनि हालसम्म स्थापना हुन सकेको छैन ।

    माडरनाका सिरहाको महत्त्वपूर्ण सीमावर्ती व्यापारिक नाका भएकाले यस क्षेत्रबाट हुने आयात निर्यात तथा सीमा व्यापारको गतिविधिले भन्सार राजस्वमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । व्यापारिक कारोबारको अवस्था, आयात हुने वस्तुको परिमाण तथा मूल्य, भन्सार मूल्यांकन र भन्सारसम्बन्धी नीतिगत व्यवस्थाले राजस्व संकलनमा प्रभाव पार्ने गरेको छ । राजस्व संकलनसँगै भन्सार नाकाबाट हुने अवैध ओसारपसार नियन्त्रण र व्यापारिक कारोबारलाई व्यवस्थित बनाउन सके राज्यको राजस्व वृद्धि हुनुका साथै सीमावर्ती क्षेत्रमा वैधानिक व्यापारलाई समेत प्रोत्साहन हुने स्थानीयको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    महाकाली नदीमा बगेर सशस्त्र प्रहरीका असई बेपत्ता
    ५६ थान मोबाइलसहित २ जना प क्रा उ
    सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परेका युवक पेस्तोल सहित पक्राउ
    २४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १२१ जना घाइते
    नेपाली बजारमा सोमबार सुनको मूल्य घट्यो, चाँदी भने महँगियो
    २ हजार ५६६ केजी गाँजा बरामद, चालक र सहचालक पक्राउ
    रसुवा बाढी: चार विद्यालयका ४५ विद्यार्थी अझै बेपत्ता
    विदेशी मुद्राको विनिमयदर कति ?
    देशका विभिन्न भू-भागमा वायुको दोहोरो प्रभाव: कतिपय स्थानमा वर्षा र हिमपातको सम्भावना
    राष्ट्र बैंकद्वारा ३० करोड थान २ रुपैयाँका सिक्का टकमारीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Mnogi ne vedo, da lahko že pečena zelenjava postane osnova za nasiten in okusen obrok. Razmerje med sestavinami in način priprave je vredno podrobneje raziskati. Ko doma pripravimo hrustljav krompir po francosko Med kuhanjem in pečenjem se pogosto odločamo med hitrostjo in izrazitejšim okusom. Z nekaj sveže zelenjave, stročnicami in zelišči lahko pripravimo uravnotežen obrok brez odvečnih maščob.