बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

असुरक्षाका कारण एनजीओकर्मीले गाउँ छाडे

  • प्रकाशित मिति : सोमवार, चैत्र २१, २०७३



  • जाजरकोट । असुरक्षाको कारण देखाउँदै जाजरकोटमा कार्यरत एनजीओकर्मीले गाउँ छाडेका छन् । गैरसरकारी संस्था महासङ्घको निर्देशनअनुरुप उनीहरू गाउँ छाडेर सदरमुकाम खलङ्गा केन्द्रित भएका हुन् ।

    पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष रवीन्द्रशमशेर शाहको गत १५ गते बेलुकी भएको हत्यापछि यहाँ कार्यरत एनजीओकर्मीले असुरक्षा महसुस गरेका थिए ।

    उनीहरू आतङ्कित बनेपछि गैरसरकारी संस्थाबाट सञ्चालित कार्यक्रम प्रभावित बनेका छन् ।

    प्रहरीले शाहका हत्यारालाई पक्राउ गर्न नसकेको र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै जिल्लाभर सञ्चालित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सम्पूर्ण कार्यक्रम अनिश्चित कालका लागि स्थगित गरेको सचिव बालकुमार शर्माले बताए ।

    असुरक्षाका कारण कार्यक्षेत्रका सबै कर्मचारी सदरमुकाम खलङ्गा फर्काएको र अनिश्चितकालका लागि कार्यक्रम पनि स्थगित गरेको उनको भनाइ छ ।

    “सामाजिक क्षेत्रको अगुवाइ गरेका व्यक्तिको सदरमुकामभित्रै दिनदहाडै हत्या हुनु र पाँच दिन बित्दा पनि हत्यारा पत्ता लगाउन नसक्ने प्रहरी प्रशासनले अरुको पनि के सुरक्षा देला ?” उनले भने, “सरकारको सहयोगी निकायका रूपमा रहेका गैरसरकारी संस्थामा काम गर्ने सामाजिक कार्यकर्ताको असुरक्षा बढ्दा दुर्गम गाउँमा कसरी काम गर्ने ?”

    सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म जिल्लामा सञ्चालित सबै कार्यक्रम अनिश्चितकालका लागि स्थगित गर्न बाध्य भएको शर्माले बताए ।

    अहिले हेल्भेटास नेपाल, सेभ द चिल्डेन, कारितास अष्ट्रेलिया, युएसएआइडीलगायत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र दर्जनभन्दा बढी स्थानीय संस्थाद्वारा सञ्चालित सबै कार्यक्रम स्थगित भएका छन् ।

    ती संस्थामा कार्यरत ५०० भन्दा बढी कर्मचारी खलङ्गामा केन्द्रित भएका छन् । मृतक शाह अध्यक्ष रहेको संस्थामा मात्र १२० बढी कर्मचारी कार्यरत थिए ।

    गैरसरकारी संस्था महासङ्घ जाजरकोटले शाहका हत्यारालाई दुई दिनभित्र पत्ता नलगाए प्रहरी प्रशासनविरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।

    भेरी नगरपालिका–३, थाप्ले निवासी शाहको जिल्ला अस्पताल नजिकै जाजरकोट डोल्पा सडकमा इभिनिङ वाकको क्रममा सात÷आठ जनाको समूहमा रहेका अपरिचित व्यक्तिले ढुङ्गाले हानेर हत्या गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij