बुधबार, अशोज २१, २०८३ | Wednesday 7th October 2026

२ हजार ५६६ केजी गाँजा बरामद, चालक र सहचालक पक्राउ

  • प्रकाशित मिति : सोमवार, अशोज १९, २०८३



  • काठमाडौँ । सुनसरीमा ट्रकबाट ठूलो परिमाणको गाँजा बरामद भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना७ख १८२५ नम्बरको ट्रकबाट २ हजार ५६६ केजी गाँजा बरामद भएको सुनसरी बरामद भएको हो ।

    बन्दागोभीले छोपेर ढुवानी गरिरहेको अवस्थामा ट्रकभित्रबाट ६३ वटा बोरामा उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीमा ट्रक चेक गर्ने क्रममा गए राति उक्त परिमाणको गाँजा बरामद भएको हो ।

    ट्रक चालक धनकुटाको शहीद भूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राई र सोही ठाउँका सहचालक १८ वर्षी सन्दीप राईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ५६ थान मोबाइलसहित २ जना प क्रा उ
    सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परेका युवक पेस्तोल सहित पक्राउ
    २४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १२१ जना घाइते
    नेपाली बजारमा सोमबार सुनको मूल्य घट्यो, चाँदी भने महँगियो
    २ हजार ५६६ केजी गाँजा बरामद, चालक र सहचालक पक्राउ
    रसुवा बाढी: चार विद्यालयका ४५ विद्यार्थी अझै बेपत्ता
    विदेशी मुद्राको विनिमयदर कति ?
    देशका विभिन्न भू-भागमा वायुको दोहोरो प्रभाव: कतिपय स्थानमा वर्षा र हिमपातको सम्भावना
    राष्ट्र बैंकद्वारा ३० करोड थान २ रुपैयाँका सिक्का टकमारीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
    सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij