प्रकाशित मिति : सोमवार, अशोज १९, २०८३
काठमाडौं। पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन्।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ५ जनाको मृत्यु भएको छ भने काठमाडौँ उपत्यका, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ। त्यस्तै, कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ।
त्यस्तै देशभर भएका दुर्घटनामा १२१ जना घाइते भएका छन्। जस अनुसार मधेश प्रदेशमा २३ जना घाइते भएका छन् भने कोशीमा २८ जना, काठमाडौँ उपत्यकामा १५ जना, सुदूरपश्चिममा १३ जना, बागमतीमा १ जना घाइते भएका छन् भने लुम्बिनीमा २७ जना, कर्णालीमा ९ जना र गण्डकीमा ५ जना घाइते भएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij