मङ्लबार, कार्तिक ४, २०८३ | Tuesday 20th October 2026

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ४, २०८३



  • काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटघाट गर्न तयार रहेको बताएका छन्। सम्भावित त्रिपक्षीय बैठकमा आणविक निशस्त्रीकरणका साथै जारी युक्रेन युद्धका विषयमा छलफल हुनसक्ने उनले सङ्केत गरेका छन्।

    यसै क्रममा राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको तीव्र आलोचना गर्दै युक्रेनका तर्फबाट वार्ता गर्न अब अन्य कसैलाई अगाडि सार्ने समय आएको टिप्पणी गरेका छन्। ट्रम्पको यस अभिव्यक्तिले वासिङ्टन र किएभबीचको बढ्दो राजनीतिक मतभेदलाई थप सतहमा ल्याएको छ।

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आगामी नोभेम्बर १८ र १९ मा चीनको सेन्जेनमा हुने एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा तीनै नेताबीच भेटघाटको सम्भावनाबारे चर्चा भए पनि अहिलेसम्म कुनै ठोस सहमति वा प्रस्ताव तय भइनसकेको स्पष्ट पारेका छन्।

    चिनियाँ विदेश मन्त्रालयले पनि यसबारे औपचारिक जानकारी नभएको जनाएको छ।अर्कातिर, युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले किएभको प्रत्यक्ष सहभागिताविना हुने कुनै पनि वार्ता वा बैठकले रुसी राष्ट्रपति पुटिनलाई आक्रमण जारी राख्न थप प्रोत्साहन मिल्ने चेतावनी दिएका छन्।

    मस्कोले भने अन्तिम शान्ति सम्झौताका लागि युक्रेनी प्रतिनिधिको सहभागिता आवश्यक रहने स्वीकार गरेको छ।यसैबीच, रुसले युक्रेनमाथि सैन्य आक्रमण तीव्र पारेको छ। सोमबार खार्किभ क्षेत्रमा रुसी ड्रोन प्रहारबाट बालबालिकासहित छ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

    युक्रेनले युद्धको यस परिस्थितिमा अमेरिकाले महत्त्वपूर्ण गुप्तचर सूचनाहरू उपलब्ध गराउन छाडेको आरोपसमेत लगाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मधेश प्रदेशका   DIGP ओम अधिकारीद्वारा विधिपूर्वक मौलो पूजा, सामूहिक भोजन कार्यक्रम सम्पन्न {फोटो फिचर}
    इन्सपेक्टर हरि ओलीद्वारा ललितपुर प्रहरी परिसरमा बडादसैँका अवसरमा मौलो पूजा
    रुबियोद्वारा गुप्तचर सूचना रोकेको अस्वीकार; ओस्लोमा अमेरिकी प्रतिनिधिहरूसँग वार्ताका लागि जेलेन्स्की तयारी गर्दै
    IGP दान कार्कीद्वारा   बडा दसैंका अवसरमा मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा सम्पन्न {फोटो फिचर}
    कोशी प्रदेश प्रमुख DIGP शेखर खनालद्वारा विधिवत् मौलो पूजा सम्पन्न
    घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
    दशैँ मनाउन उपत्यका छाड्नेको सङ्ख्या पौने छ लाख नाघ्यो
    चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प
    राष्ट्रपति पौडेलले शीतल निवासमा गरे नवकन्याको पूजार्चना
    काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij