मङ्लबार, कार्तिक ४, २०८३ | Tuesday 20th October 2026

दशैँ मनाउन उपत्यका छाड्नेको सङ्ख्या पौने छ लाख नाघ्यो

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ४, २०८३



  • काठमाडौँ। बडादशैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो जन्मथलो फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ। घटस्थापनादेखि आजसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत कुल पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडिसकेका छन्।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्ने यात्रुहरूमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष रहेका छन्।

    अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायका सिलसिलामा काठमाडौँमा बसोबास गर्दै आएका मानिसहरू दशैँ मनाउन घर फर्कने क्रम तीव्र बनेपछि उपत्यकाका प्रमुख नाकाहरू तथा बसपार्कमा चहलपहल र सवारीसाधनको चाप ह्वात्तै बढेको छ।

    हाल नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका मुख्य नाकाहरूबाट यात्रुहरू बाहिरिरहेका छन्। चाडपर्वका बेला यात्रुको यात्रा सुरक्षित बनाउन, सवारी चाप व्यवस्थापन गर्न र दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएर निगरानी बढाएको काफ्लेले जानकारी दिएका छन्।

    साथै, लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र सावधानीमा विशेष ध्यान दिन पनि प्रहरीले आग्रह गरेको छ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मधेश प्रदेशका   DIGP ओम अधिकारीद्वारा विधिपूर्वक मौलो पूजा, सामूहिक भोजन कार्यक्रम सम्पन्न {फोटो फिचर}
    इन्सपेक्टर हरि ओलीद्वारा ललितपुर प्रहरी परिसरमा बडादसैँका अवसरमा मौलो पूजा
    रुबियोद्वारा गुप्तचर सूचना रोकेको अस्वीकार; ओस्लोमा अमेरिकी प्रतिनिधिहरूसँग वार्ताका लागि जेलेन्स्की तयारी गर्दै
    IGP दान कार्कीद्वारा   बडा दसैंका अवसरमा मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा सम्पन्न {फोटो फिचर}
    कोशी प्रदेश प्रमुख DIGP शेखर खनालद्वारा विधिवत् मौलो पूजा सम्पन्न
    घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
    दशैँ मनाउन उपत्यका छाड्नेको सङ्ख्या पौने छ लाख नाघ्यो
    चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प
    राष्ट्रपति पौडेलले शीतल निवासमा गरे नवकन्याको पूजार्चना
    काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij