मङ्लबार, कार्तिक ११, २०८३ | Tuesday 27th October 2026

प्रचण्ड, उपेन्द्र यादव र नेता खड्काद्वारा एनपीएल तेस्रो संस्करणको सफलताको शुभकामना

  • प्रकाशित मिति : सोमवार, कार्तिक १०, २०८३



  • काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएको अवसरमा विभिन्न दलका शीर्ष नेताहरूले प्रतियोगिताको सफलताका लागि शुभकामना व्यक्त गरेका छन्।

    नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एनपीएल विश्वमा नेपाललाई चिनाउने सशक्त माध्यम बनेको उल्लेख गर्दै नेपाली क्रिकेट विश्वस्तरमा चिनिन सफल भएकोमा खुसी व्यक्त गरेका छन्।

    त्यस्तै, नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री पूर्णबहादुर खड्काले एनपीएलको तेस्रो संस्करण नेपाली क्रिकेट इतिहासमा कोशेढुङ्गा साबित हुनुपर्ने बताएका छन्। उनले २०५५ सालमा कीर्तिपुर मैदानमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट उद्घाटन भएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेलको स्मरण गर्दै विदेशी खेलाडी र अतिथिहरूलाई स्वागत गरेका छन्।

    जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि शुभकामना दिँदै एनपीएलले हिमाल, पहाड र तराई–मधेसका सम्पूर्ण नेपालीलाई एउटै भावनात्मक सूत्रमा जोड्न र राष्ट्रिय एकता सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सभामुख अर्याल र अमेरिकी संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता
    प्रचण्ड, उपेन्द्र यादव र नेता खड्काद्वारा एनपीएल तेस्रो संस्करणको सफलताको शुभकामना
    हेटौंडामा कार र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, चालक घाइते
    जानकी मन्दिरमा १०८ पाहुर चढाएर मनाइयो कोजाग्रत पूर्णिमा
    युक्रेनले स्टारलिङ्कको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको मस्कको आरोप
    अमेरिकाले आजै इरानमाथि आक्रमण गर्न सक्ने ट्रम्पको संकेत
    कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा
    सुनको भाउ एकैदिन एघार हजार सात सय रुपैयाले घट्यो
    इरानमाथि पुनः घातक सैन्य हमला हुनसक्ने ट्रम्पको चेतावनी
    असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij