प्रकाशित मिति : मङ्लबार, कार्तिक ११, २०८३
बिनिता शर्मा,काठमाडौ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख SP रुपेश खड्कालाई मिथ्या आरोप लगाउने धनुषा जिल्लाका रास्वपाका सभापति लक्ष्मेश्वर यादव निकै बिवादित ब्यक्ति भएको समाजमा छताछुल्ल भएको जानकारहरुले बताएका छन ।
हाल भर्खरै धनुषाको एउटा घटनामा उनलेे प्रहरीलाई आफ्नो घरको नोकर बनाउन खोजेको कुराले निकै चर्चा पाएको छ।
उनलेे आफ्नो छोरीले लभ म्यारीज गरि एक बर्ष पहिले कोटमा पुगेर कोट म्यारीज गरेको छोरीलाई गरिब केटाले लग्यो भनेर प्रहरीलाई पटकपटक खोसेर ल्याईदिन आदेश दिएको तर प्रहरीले त्यस्तो खालको गतिविधि गर्दा स्वयं यादवलाई राम्रो नहुने सल्लाह दिएपछि सरुवा गर्दिन्छु जागिर खाईदिन्छु भन्दै प्रहरी प्रमुखको कार्यकक्षबाट निस्किएर बाहिर गै अनावश्यक अनर्गल बोलीले अपमानजनक शब्द बोलेकोले धनुषाका प्रहरी प्रमुख SP रुपेश खड्काले त्यो कुराको बारेमा बिज्ञप्ती जारी गर्नुभएको छ।
जति देश परिबर्तन र बिकासको कुरा गरेपनि यस्ता खालका नेतालाई कस्ले सजाय दिने ??
जिल्लामा शान्ति सुरक्षा अमनचयनका लागि बाहिरबाट खटिएर गएका प्रहरी कर्मचारीलाई सहयोग गर्नुको साटो उल्टो घरको नोकर ठान्ने नेताको बुद्धिमा बिर्को खुलाउन राज्यको ध्यानाकर्षण होस र यदी प्रहरीको कहिँ कमजोरी छ भने सत्तामा बसेकाले बिभागीय कार्बाही गर्दा भयो नि भासणमा बोल्ने सत्ता पक्षमा भएको पार्टीको नेताले होइन।
छोरीले कोर्ट म्यारिज गरेपछि रन्थनिएका रास्वपाका धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवले जिल्ला प्रहरी प्रमुख SP खड्का माथि अनेक लाञ्छना लगाएका हुन् ।
रास्वपा धनुषाले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा यादवले SP खड्कालाई ‘घुसखोर’, ‘दलाल’ जस्ता शब्द प्रयोग गर्दै गालीगलौज गरेको र उनले गालीगलौज गर्दा मञ्चमा रहेका रास्वपा सांसद रामविनोद यादव र मनिष झा हाँसिरहेको र उपस्थित नेता–कार्यकर्ताले सार्वजनिक भएको भिडियोमा देखिएको छ ।
यस्तो अपमानित शब्द बोल्दा जिल्लामा आएका सुरक्षा प्रमुखलाई हाँसो पात्र बनाउने सांसदको पनि आफ्नो हैसियत प्रष्ट देखिन्छ यस्ता खालका घटनाको कस्ले छानबिन गर्ने र सत्तामा रहेका पार्टीको नेता यस्तो भए देशमा कस्तो खालको बिकास र शान्ति सुरक्षा अमनचयन खटिने कर्मचारीले कसरी काम गर्लान् त्यो सोच्ने कस्ले ??? आरोप लगाउन सजिलो छ तर त्यो प्रमाणीत नभए के होला ??
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij