बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २०, २०८३



  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको १४ औँ खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिडिरहेका छन् । जनकपुरले १५० रनको चुनौती पछ्याइरहेको छ ।

    खेलमा लुम्बिनीले टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १४९ रन बनायो । कप्तान रोहित पौडेलले ३० बलमा ३४ रन बनाए । त्यस्तै निरोशन डिकेवालाले २७ बलमा २७ रन बनाए ।  दिलिप नाथले १६ बलमा २५ रन जोडे ।

    बिशाल शुस्लिङ र राहुल यादवले समान २ विकेट लिए ।

    जवाफमा जनकपुर मैदानमा उत्रिइसकेको छ । जनकपुरले पहिलो ओभरमै विकेट गुमाएको छ ।

    अंक तालिका

    लुम्बिनी लायन्स अपराजित रहँदै ३ खेलमा ५ अंकसहित शीर्ष स्थानमा रहेको छ । ४ खेलमा ४ अंकसहित विराटनगर किंग्स दोस्रो स्थानमा छ । ३ खेलबाट ४ अंकको कर्णाली याक्स तेस्रो स्थानमा छ ।

    ४ खेलबाट ४ अंकको जनकपुर बोल्ट्स चौथो तथा ४ खेलबाट ४ अंककै सुदूरपश्चिम रोयल्स पाँचौँ स्थानमा छ ।

    ३ खेलबाट ३ अंकको चितवन राइनोज छैटौँ स्थानमा छ । २ खेलबाट २ अंकको काठमाडौँ गोर्खाज सातौँ स्थानमा छ ।

    ३ खेलबाट अंकविहीन पोखरा एभेन्जर्स पुछारमा छ ।

    यसअघिका खेलको नतिजाः

    -१३ औँ खेलमा लुम्बिनी लायन्स विजयी भएको छ । अपराजित रहँदै शीर्ष स्थानमा पुग्ने क्रममा लुम्बिनीले पोखरा एभेन्जर्सलाई मंगलबारको खेलमा ८ विकेटले पराजित गर्यो ।

    -१२ औँ खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ। विराटनगरले दिएको १७५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले ७ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो।

    -११ औँ खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हराएको हो । १३० रनको चुनौती सुदूरले १६ ओभर ४ बलमै ५ विकेटको क्षतिमा पूरा गरेको हो ।

    – दशौँ खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ । पहिलो जित हासिल गर्ने क्रममा काठमाडौँले कर्णाली गोर्खाजलाई ४ विकेटले हरायो ।

    – नवौँ खेलमा जनकपुर बोल्टस विजयी भएको छ । जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको हो । १४८ रनको चुनौती पछ्याएको पोखराले ९ विकेटको क्षतिमा १३८ रनमात्र बनाउन सक्यो ।

    -आठौँ खेलमा विराटनगर किंग्स विजयी भएको छ । लगातार दुई हारपछि पहिलो जित दर्ता गर्ने क्रममा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको हो ।

    -सातौँ खेलमा चितवन राइनोज र लुम्बिनी लाइन्सले अंक बाँडेका छन् । वर्षाका कारण खेल स्थगित हुँदा उनीहरूले अंक बाँडेका हुन् ।

    -छैटौँ खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ । १८७ रनको चुनौती कर्णालीले १९ ओभर ५ बलमा ६ विकेटको क्षतिमा पूरा गर्यो । कप्तान सोमपाल कामीले ३२ बलमा अविजित रहँदै रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १८६ रन बनाएको थियो । लोकेश बमले ५२ बलमा ८७ रन जोड्दा सोमपालले ३३ रन खर्चेर ४ विकेट लिए ।

    -पाँचौँ खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई सहजै ८ विकेटले पराजित गरेको छ । ११६ रनको चुनौती पछ्याएको जनकपुरले १७ ओभर २ बलमै २ विकेट गुमाएर पूरा गर्यो ।

    – चौथो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले हरायो । सुदूरपश्चिमले टस जितेर पहिले बलिङ गर्दै पोखरालाई १४५ रनमा रोक्यो । पोखराले ७ विकेटको क्षतिमा सो योगफल जोडेको हो । अर्जुन घर्तीले २५ बलमा अविजित रहँदै ४० रन जोडे । अनिल खरेलले ३ विकेट लिए । जवाफमा सुदूरले १६.५ ओभरमै ४ विकेटको क्षतिमा जित हासिल गर्यो । कप्तान दिपेन्द्र सिंह ऐरीले ३६ बलमा अविजित रहँदै ५१ रन बनाए । इशान पाण्डेले ३१ बलमा ३७ रन बनाए ।

    -तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित निकाल्यो । १३३ रनको चुनौती पछ्याएको जनकपुरले ३ बल खेल्न बाँकी छँदै अलआउट भएर ११३ रनमात्र बनाउन सक्यो । युनिश ठकुरी र हुसेन तलातले समान ३ तथा नन्दन यादवले २ विकेट लिए ।

    -दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि ८ रनको सनसनीपूर्ण जित हासिल गर्यो । १५८ रनको चुनौती पछ्याउने क्रममा विराटनगरले १४९ रनमात्र बनाउन सक्यो । कमल ऐरीले २६ रन खर्चेर ४ विकेट लिए ।

    -पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij