शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २१, २०८३



  • काठमाडौं । पछिल्ला केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्यमा व्यापक उतारचढाव जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तीव्र वृद्धि भएको सुनको मूल्य शुक्रबार (कात्तिक २०) भने भारी अंकले ओरालो लागेको छ।

    बिहीबार एकैदिन १३ हजार ३०० रुपैयाँले बढेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेर २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार छापावाल सुनको मूल्य २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको थियो।

    यस साताको सुरुवातदेखि नै सुनको मूल्यमा ठूलो हेरफेर देखिँदै आएको छ। साताको पहिलो दिन आइतबार ८ हजार ३०० रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँमा झरेको सुनको मूल्य त्यसपछिका दिनहरूमा लगातार बढेको थियो। सोमबार २ हजार ३०० रुपैयाँ बढेर २ लाख ७४ हजार ३०० रुपैयाँ, मंगलबार ७०० रुपैयाँ बढेर २ लाख ७५ हजार रुपैयाँ र बुधबार ६०० रुपैयाँ बढेर २ लाख ७५ हजार ६०० रुपैयाँ पुगेको थियो।

    सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ पुगेको थियो।

    साताका अन्य दिनहरूमा आइतबार १७५ रुपैयाँ घटेर ३ हजार ६५० रुपैयाँ, सोमबार ७० रुपैयाँ बढेर ३ हजार ७२० रुपैयाँ, मंगलबार ४५ रुपैयाँ घटेर ३ हजार ६७५ रुपैयाँ र बुधबार २० रुपैयाँ घटेर ३ हजार ६५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij