शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २१, २०८३



  • काठमाडौँ। निर्दलीय पञ्चायती व्यवस्थाको कठिन समयमा भूमिगत वामपन्थी नेताहरूलाई दोलखामा आश्रय दिँदै आएकी समाजसेवी रनधता पोखरेलको ९१ वर्षको उमेरमा निधन भएको छ। भक्तपुरको लोकन्थलीस्थित निवासमा बिहीबार साँझ उनको निधन भएको हो।

    दिवङ्गत पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पशुपतिस्थित आर्यघाट पुगी उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए।

    त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, पूर्वसभामुख देवराज घिमिरे, एमाले सचिव भानुभक्त ढकाल, पूर्वमन्त्री पार्वत गुरुङ लगायतका नेताहरूले आर्यघाट पुगेर मुलुकमा लोकतन्त्र स्थापनाका लागि उनले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै उच्च सम्मानका साथ श्रद्धाञ्जली अर्पण गरे।

    पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी आमा समेत रहनुभएकी स्व. पोखरेलले पञ्चायतकालको भूमिगत जीवनका क्रममा एमाले अध्यक्ष ओली, ईश्वर पोखरेल, अमृत बोहरा, केशव बडाल, माधव पौडेल लगायतका शीर्ष नेताहरूलाई आफ्नो घरमा आश्रय दिएका थिए। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। स्व. पोखरेलका दुई छोरा र दुई छोरी छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij