सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

छ सय बढी गाईको सामूहिक पूजा

  • प्रकाशित मिति : सोमवार, कार्तिक २४, २०८३



  • काठमाडौँ। यमपञ्चकको तेस्रो दिन गाईतिहारका अवसरमा दाङको बेलझुण्डीस्थित गौशालामा ६ सयभन्दा बढी गाईको सामूहिक रूपमा पूजा गरिएको छ। योगी आदित्यनाथ फाउन्डेसनद्वारा सञ्चालित गौशालामा सोमबार स्थानीयवासीको सहभागितामा सामूहिक गाईपूजा सम्पन्न भएको हो।

    प्रत्येक वर्ष गाईतिहारका दिन गौशालामा विशेष रूपमा गाईपूजा गर्ने गरिएको फाउन्डेसनका अध्यक्ष भोलानाथ योगीले जानकारी दिए। सो अवसरमा लक्ष्मीको हवन पूजा गर्नुका साथै विभिन्न दाताहरूले गाईका लागि दाना तथा खानेकुरा प्रदान गरेका थिए।

    नेपाल संस्कृत विश्वविद्यालयको जग्गा भाडामा लिएर सञ्चालन गरिएको उक्त गौशाला सञ्चालनमा भने चुनौती रहेको अध्यक्ष योगीको भनाइ छ। गाईगोरुका लागि आहार तथा खानपानको व्यवस्थापनमा समस्या भइरहेको र हाल विभिन्न दाताहरूको सहयोगकै भरमा गौशाला सञ्चालन भइरहेको उनले बताए।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij