प्रकाशित मिति : सोमवार, कार्तिक २४, २०८३
काठमाडौँ। देशका विभिन्न स्थानबाट कौडा तथा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न जिल्लामा सञ्चालन गरिएको विशेष प्रहरी टोलीको कारबाहीका क्रममा सुर्खेतबाट ४१, ललितपुरबाट ११, काभ्रेपलाञ्चोकबाट ११, धनुषाबाट १८ र सर्लाहीबाट २६ जना पक्राउ परेका हुन्।
प्रहरीले जुवाको खालबाट उनीहरूका साथबाट करिब २५ लाख रुपैयाँ नगद तथा तास/कौडासमेत बरामद गरेको छ। तिहारको समयमा हुनसक्ने गैरकानुनी जुवातास नियन्त्रणका लागि प्रहरीले कडाइका साथ अनुगमन र छापा मार्ने कार्यलाई तीव्रता दिएको छ।
पक्राउ परेका सबैजनामाथि जुवा ऐनअनुसार थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij