शुक्रबार, कार्तिक २८, २०८३ | Friday 13th November 2026

देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा रुपन्देहीबाट थप तीन जना पक्राउ

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २७, २०८३



  • काठमाडौं । तिहारको अवसरमा आयोजित देउसी–भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कात्तिक २६ गते वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको विशेष प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–७, कञ्चनबजार क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीद्वारा नियन्त्रणमा लिइएकाहरूमा स्याङ्जाको कपुरकोट गाउँपालिका–८ की २२ वर्षीया पूजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ की २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ की २४ वर्षीया बिपना मगर रहेका छन्।

    पक्राउ परेका उनीहरूमाथि सार्वजनिक हित, शिष्टाचार र नैतिकताविरुद्धको कसुर अन्तर्गत आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

    नेपाली मौलिक कला, संस्कृति र सामाजिक मर्यादामा प्रतिकूल असर पार्ने यस्ता अवाञ्छित गतिविधिहरूमाथि प्रहरीले निगरानी तथा अनुसन्धानलाई थप कडा पारिएको स्पष्ट पारेको छ। यसअघि पनि प्रहरीले सोही प्रकृतिको अश्लील नृत्य प्रदर्शन गर्ने अन्य दुई जनालाई पक्राउ गरिसकेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij