बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

आज रामनवमी पर्व मनाईंदै, राम मन्दिरहरुमा भक्तजनको घुईंचो

  • प्रकाशित मिति : बुधबार, चैत्र २३, २०७३



  • काठमाड । श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी आज रामनवमी पर्व मनाईंदै छ ।

    हरेक वर्षको चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाइन्छ ।

    असूर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरहरुमा पूजापाठ गर्ने चलन रहेको हो ।

    त्रेतायुगमा यसै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । देशभरका बिभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ ।

    यसैबीच जनकपुरको रामजानकीसहित देशभरका राम मन्दिरमा पूजाआजाका लागि भक्तजनको भीड लागेको छ । राम जानकी मन्दिरमा नेपाल र भारतका श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

    रामनवमी पर्वको अवसरमा जनकपुरको गंगा सागर, धनुषसागर, अर्घजा पोखरीमा स्नान गरी राम जानकी मन्दिरमा पूजा पाठ गरे पारिवारिक सुख शान्तिका साथै हरेक प्रकारका दुःखबाट मुक्ति हुने जनविश्वास रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij