बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

भक्तपुरमा १२ दिने औद्योगिक व्यापार मेला शुरु

  • प्रकाशित मिति : बुधबार, चैत्र २३, २०७३



  • भक्तपुर ।  भक्तपुरमा १२ दिने औद्योगिक, साँस्कृतिक तथा व्यापार मेला सुरु भएको छ ।

    मंगलबारबाट सुरु भएको मेलाको एमाले महासचिव ईश्वर पोखरेलले उद्घाटन गरेका छन् ।

    उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षका अवसरमा औद्योगिक तथा व्यापार मेला आयोजना गरेको आयोजकले जनाएको छ ।


    औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर व्वाइज व्याण्डले भक्तपुरको सल्लाघारीमा आयोजना गरेको मेलामा अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, बिभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानलगायतका २ सय २५ स्टल रहेको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए ।

    मेलामा दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहेका छन् । त्यस्तै मोलामा ६ दर्जनभन्दा बढि राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक प्रस्तुतीका साथै हाँस्य व्यङ्ग्य प्रस्तुती रहने कार्यक्रम संयोजक दिपक थापाले जानकारी दिए ।

    मेलाको उद्घाटन गर्दै महासचिव इश्वर पोखरेलले औद्योगिक क्षेत्रको विकासका लागि राजनीतिक स्थिरता अनिवार्य रहेको धारणा राखे । उनले राजनीतिक स्थिरता र दिगो विकासका लागि कार्यकारी अधिकार सहितको स्थानीय तह, प्रदेश तह र केन्द्रीय तहको निर्वाचन आवश्यक रहेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij