बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

चट्याङले प्रहरी कार्यालयको काम ठप्प

  • प्रकाशित मिति : बिहिबार, चैत्र २४, २०७३



  • बझाङ ।  गएराति परेको चट्याङले जिल्ला प्रहरी कार्यालय बझाङका सम्पूर्ण विद्युतीय सामानमा क्षति पु¥याएपछि कार्यालयको काम ठप्प भएको छ ।

    भारी वर्षासँगै परेको चट्याङले कार्यालयमा भएका इलेक्ट्रोनिक सामानमा क्षति भई काम नलाग्ने भएका छन् ।

    चट्याङले चार थान कम्प्युटर, एक थान जेनेटर, चार थान टिभी, तीन थान राउटर, तीन थान फोन, दुईवटा फ्रिज र प्रिन्टरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द्रले बताए ।

    चट्याङ परेपछि कार्यालयको सम्पूर्ण डाटा राखेको चार थान कम्प्युटरमा क्षति भएकाले काम अघि बढाउन समस्या भएको छ । फोन लाइन, नेट लाइनमा यसले गर्दा सञ्चारमा पनि गडबडी भइरहेको छ । विभिन्न किसिमका मुद्दा मामिलाका फाइल भएको कम्प्युटर बिग्रेका छन् ।

    चट्याङ परेर बिग्रेका इलेक्ट्रोनिक सामानको मर्मत गरेर भोलिदेखि सधैँ झैं जिप्रकाका कामकाज अगाडि बढाउने प्रहरी नायब उपरीक्षक चन्द्रले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij