बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण तालिम

  • प्रकाशित मिति : बिहिबार, चैत्र २४, २०७३



  • दोलखा ।  मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी सचेतना तथा महिला सशक्तीकरण नेतृत्व विकास विषयक दुई दिने तालिम सदरमुकाम चरिकोटमा सुरु भएको छ ।

    युएस आइडी र एसियास फाउन्डेसनको सहयोगमा कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक)ले यहाँका २० महिलालाई दुई दिने तालिम आयोजना गरिएको हो ।

    ती संस्थाले भूकम्पपछि यहाँका ग्रामीण भेगमा मौलाएको मानव बेचबिखन तथा ओसारपसारका गतिविधि नियन्त्रणका लागि गाउँगाउँमा अभियानको रुपमा तालिम सञ्चालन गर्न लागेका हुन् ।

    नागरिक समाज जिल्ला अध्यक्ष दीपशङ्कर चौलागाईंले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि आम नागरिकलाई सचेत पार्नु अपरिहार्य भएकाले आफूहरुले यो अभियानमा सारथीको भूमिका निर्वाह गर्ने बताए । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालयले अहम् भूमिका निर्वाह गरी रहेकाले प्रहरीसँग सहकार्य गर्दै अगाडि बढ्ने उनले जोड दिए।

    प्रशिक्षकद्वय रेखा तुलाधर अनिता न्यौपानेले महिला बेचबिखनबाट अहिले मानव बेचबिखनसम्म आइरहँदा स्क्रिन सर्जरीका लागि नेपाली मानवको छाला विदेशमा बेच्न गिरोह सक्रिय भएकाले नियन्त्रणका लागि सरकारले नयाँ योजनाका साथ कार्यक्रम लिएर ग्रामीण भेगका दूरदराजमा पुग्न आवश्यक रहेको बताइन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij