बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

घरको जानकारी लिन काठमाडौँ महानगरपालिकाले एक हजार युवा परिचालन गर्ने

  • प्रकाशित मिति : बिहिबार, चैत्र २४, २०७३



  • काठमाडौँ  । महानगरभित्र रहेका सम्पूर्ण घरको जानकारी लिनका लागि काठमाडौँ महानगरपालिकाले एक हजार युवा परिचालन गर्ने तयारी गरेको छ ।

    महानगरभित्र रहेको सबै घरको घर नक्साअनुरुप निर्माण भएको छ वा छैन, भाडामा दिएको छ वा छैन, कुन घरमा कतिजना बसोबास गर्छन्, नियमित कर तिरेका छन् वा छैनन् जस्ता सम्पूर्ण जानकारी लिनका लागि युथ सिटीको अभियान ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको राजस्व महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिए ।

    महानगरभित्रका करदातालाई करको दायरामा ल्याउन पनि यस अभियानले ठूलो सहयोग पुग्ने कामपाको विश्वास रहेको छ । यस कार्यमा व्यवस्थापन विषय लिई स्नातकोत्तर तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई परिचालन गरिनेछ ।

    राजस्व अनुसन्धान तथा करका दायरामा नभएका करदाताको तथ्याङ्क सङ्कलनबाट काम सुरु गर्न विद्यार्थीको उपलब्धताका विषयमा महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले क्याम्पस प्रमुखसँग छलफल अघि बढाइसकेका छन् ।

    प्रमुख पौडेलका अनुसार विद्यार्थीलाई औपचारिक शिक्षासँगै व्यावहारिक एवम् प्रयोगात्मक प्रमाणपत्र पनि प्रदान गर्न सकिने यस परियोजनामा एक वर्षमा कम्तीमा एक हजार विद्यार्थी सामेल गराइनेछ । यसभित्र जुनसुकै क्षेत्रका पनि करदाता पर्न सक्छन् ।

    महानगर क्षेत्रभित्र भएका स्नातकोत्तर तहमा व्यवस्थापन विषय अध्यापन हुने सरकारी क्याम्पसमा शङ्करदेव क्याम्पस, नेपाल कमर्स क्याम्पस, पशुपति क्याम्पस, पद्मकन्या क्याम्पस, पब्लिक युथ क्याम्पसका विद्यार्थीलाई यस कार्यक्रममा सुरु गराइने छ ।

    अहिलेसम्म शङ्करदेव क्याम्पसका, नेपाल कमर्स क्याम्पसका र पद्मकन्या क्याम्पसका प्रमुखसँग यस विषयमा छलफल भइसकेको काफ्लेले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij