मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

डिप्रेसनका रोगी बढे : मान्नुहोस् चिकित्सकका यी सुझाव

  • प्रकाशित मिति : शनिबार, चैत्र २६, २०७३



  • काठमाडौँ ।  विश्वमा जस्तै नेपालमा पनि विभिन्न कारणले उदासीनता अर्थात् डिप्रेसनका रोगी बढेको चिकित्सकले बताएका छन् ।
    अझै पनि मानसिक समस्यालाई लुकाएर राख्ने उपचारमा नजाने कारणले गम्भीर खालका घटनामा वृद्धि भएको छ । यसबारेमा सबैले खुलेर कुरा गर्नुपर्ने त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मनोचिकित्सक डा सरोजप्रसाद ओझा बताउछन । यस वर्ष विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ‘डिप्रेसनः लेट्स टक’ अर्थात् उदासीनताबारे खुलेर कुरा गरौँ भन्ने नारालाई वार्षिक अभियानकै रुपमा अगाडि बढाएको थियो ।

    उदासीनता कमजोरी नभई एउटा रोग भएकाले उपचार गरे निको हुने बताइएको छ । नेपालमा नौ हजार व्यक्ति उदासीनताबाट पीडित भएको जनाइएको छ । सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा करिब तीन करोड मानिस उदासीनताबाट पीडित छन् । सन् २००५ यता दश वर्षका अवधिमा सो रोगका बिरामीको सङ्ख्या १८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

    डा. ओझाका अनुसार विश्वमा १५ वर्षदेखि २९ वर्ष उमेरका मानिसको मृत्युको प्रमुख कारण उदासीनताबाट आत्महत्या देखिएको छ ।

    वरिष्ठ मानसिक रोग विशेषज्ञ डा कपिलदेव उपाध्याय उसदासीनताबारे बुझेर समयमै उपचार गरेमा रोग सजिलै रोकथाम गर्न सकिने बताए । उनले जीवनशैलीलाई सन्तुलन राख्ने, शारीरिक व्यायाम गर्ने र सराकारात्मक सोच राखेमा यसबाट बच्न सकिने बताए ।

    उनले भने, “मानसिक रुपमा हतास हुने समस्या उदासीनता हो । मनमा जागृत भएको हीनभावना बढ्दै गएमा नकारात्मक सोच विकास भएर आत्महत्या गर्नेसम्मका घटना हुन सक्छ ।”

    अनावश्यक सोचाइ आउने, दिक्दारी लाग्ने, कुनै पनि चिजमा चाख नलाग्ने, खुसी अनुभव नहुने र थकित महसुस भइरहने भएमा उदासीनता रोग हुन सक्छ ।

    नेपालमा एकदेखि दुई प्रतिशत जनतामा कडा खालको मानसिक रोग र पाँच प्रतिशतमा मध्यम खालको मानसिक रोग भएको अनुमान छ ।
    उदासीनताबाट सबैभन्दा धेरै महिला पीडित भएको पाइएको छ । आफूमा भएको समस्यालाई अरुसामु व्यक्त गर्न नसक्ने र व्यक्त गरिहाले पनि परिवार, समाजले सहज रुपमा नबुझ्ने भएकाले रोग लुकेरै रहने गरेको डा ओझाको अध्ययन छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij