मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

राजधानीका ११ स्थानमा जनता स्वास्थ्य केन्द्र खोल्ने सम्झौता

  • प्रकाशित मिति : शनिबार, चैत्र २६, २०७३



  • काठमाडौं, चैत २६- स्वास्थ्य मन्त्रालयले काठमाडौँ महानगरपालिकामा जनता स्वास्थ्य केन्द्र (स्वास्थ्य प्रर्वद्वन केन्द्र) खोल्न काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको छ ।
    स्वास्थ्य परामर्श, आधारभुत स्वास्थ्य सेवा र प्राथमिक उपचार सेवाको एकीकृत प्याकेज पु¥याउन सरकारले प्रर्वद्वन खोल्न लागेको हो ।
    स्वास्थ्य मन्त्री गगन थापाको उपस्थितिमा महानगर प्रमुख एवम् कार्यकारी अधिकृत इश्वरराज पौडेल र स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखा प्रमुख भोगेन्द्रराज डोटेलले शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
    मन्त्रालय र महानगरपालिकाको साझेदारीमा पहिलो चरणमा महानगरपालिकाका ११ वटा वडामा सुरु हुन लागको हो । यो सेवा आगामी ३ बर्षभित्रमा सबै वडामा विस्तार गरिसक्ने योजना मन्त्रालयले बनाएको छ ।

    जनता स्वास्थ्य केन्द्रवाट नसर्ने रोगको नियन्त्रण, स्वास्थ जीवनका लागि वातावरणको नियमित अनुगमन, सरुवा रोगको रोकथाम र उपचार, प्राथमिक उपचार, ल्याव परीक्षण, मातृशिशु स्वास्थ्य एवं परिवार नियोजन सेवा, प्रजनन स्वास्थ्य सेवा, खोप, पोषण, बालरोगको एकिकृत व्यवस्थापन, मानसिक रोगको परामर्श सेवा, यौन तथा प्रजनन परामर्श सेवा, वृद्धवृद्धाहरूका लागि परामर्श सेवा लगायतका परामर्श, परीक्षण र उपचार सेवा प्रदान गरिने छ ।
    चावहिल, मैतिदेवी, नक्साल, कुलेश्वर, लैनचौर, पुरानो बसपार्क, मित्रनगर, डल्लु आवास, वालाजु, बाफलमा स्वास्थ्य केन्द्र खोल्ने तयारी भएको र चावहिल, कुलेश्वर लगायतका स्थानमा एक हप्ता भित्रमा सुरु गरिसक्ने बताउनु भयो ।
    केन्द्रवाट योग तथा शारीरिक व्यायामका कार्यक्रम समेत सञ्चालन गरिनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij