मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दोधाराचादँनीमा सेनाको स्वास्थ्य शिविर

  • प्रकाशित मिति : आइतवार, चैत्र २७, २०७३



  • भीमदत्तनगर। नेपाली सेनाको भवानी बक्स गणले आफ्नो १३३ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा शनिबार कञ्चनपुरको दोधाराचादँनीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

    विभिन्न विशेषज्ञ चिकित्सकसहितको टोली त्यहाँ पुग्दा स्थानीय ४६५ जनाले सेवा लिएका थिए । राष्ट्रिय प्रकृति संरक्षण कोष र रोटरी क्लब कञ्चनपुरको समेत सहयोगमा सञ्चालन भएको शिविरमा यहाँका बालबालिका, वृद्धवृद्धा र महिला गरी उक्त सङ्ख्यामा स्वास्थ्य सेवा लिएका हुन् । रोटरी क्लब कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारीले दोधाराचादँनीको विकट कुतियाकवर क्षेत्रमा पहिलो पटक शिविर सञ्चालन गरिएको बताए ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको गणले यसअघि केही दिनअघि वार्षिकोत्सवकै अवसर पारेर यहाँको वृद्ध सेवा केन्द्रमा समेत सहयोग गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij